७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

थप एक हजार १२८ संक्रमित थपिएसँगै १४ जनाको ज्यान गयो

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कुल २० हजार ९८९ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ पुगेको छ। सक्रिय संक्रमितमध्ये २६ हजार ४५० होम आइसोलेसन, ९९१ संस्थागत आइसोलेसन, २०६ आइसियू र ३६ जना भेन्टिलेटरमा रहेका छन्।

आज दुई हजार २१५ जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणबाट आज १४ जनाले ज्यान गुमाएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ पुगेको छ। 

प्रकाशित: २८ माघ २०७८ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App