४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोरोना संक्रमण भएको छ। ७ सय ८५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १ र ७ सय ८० जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १ सय ३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा ७, उदयपुरमा ६, भोजपुर र इलाममा ३–३, तेहृथुममा २, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा ९७, बेलबारीमा ७, पथरीशनिश्चरेमा ५, उर्लाबारी र सुन्दरहरैचामा ४–४, मिक्लाजुङमा ३, कटहरी, जहदा र स्थानीय तह नखुलेका २–२, कानेपोखरी, सुनबर्षी, ग्रामथान, रंगेली र बुढीगंगामा १–१ जनामा संक्रमण देखिएको छ।  झापाको दमकमा १४, विर्तामोडमा १२, भद्रपुरमा १०, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा ५–५, कनकाई र बुद्धशान्तिमा ४–४,  मेचीनगरमा ३, गौरीगञ्ज , शिवसताक्षी र स्थानीय तह नखुलेकामा १–१ जनामा संक्रमण देखिएको छ।

सुनसरीको इटहरीमा १८, धरानमा १२, दुहवी र बर्जुमा ३–३, इनरुवा, गढी र देवानगञ्जमा २–२, रामधुनी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ९ जनामा संक्रमण देखिएको छ।  धनकुटाको धनकुटा नगरपालिकामा ४, महालक्ष्मी, पाख्रिबास र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारी र त्रियुगामा २–२, चौदण्डीगढी र बेलकामा १–१ जनामा संक्रमण देखिएको छ। 

भोजपुरको भोजपुर नगरपालिकामा २ र टेम्केमैयुङमा १, इलामको इलाम नगरपालिका, रोङ र फाकफोकथुममा १–१, तेहृथुमको छथर र मेन्छेयायेममा १–१, संखुवासभाको धर्मदेवी र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा मंगलबार  ७ सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ सय ७५ पुरुष र ३ सय ९७ महिला रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र एक पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ४३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १८ माघ २०७८ १५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App