४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

मोरङमा देखियो बर्डफ्लु

मोरङको ३ वटा पालिकामा रहेको कुखुरा फर्ममा बर्डफ्लु देखिएको छ। ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकामा रहेका ४ वाट कृषि फर्ममा पालिएको कुखुरामा बर्लफ्लु देखिएपछि नष्ट गर्ने काम थालिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार जिल्लाका ३ वटा पालिकाका ४ वटा कृषि फर्ममा रहेको कुखुरामा बर्लफ्लु लागेको र त्यसलाई नष्ट गर्ने काम भइरहेको बताए। ग्रामथान गाउँपालिकाका महेन्द्र खड्काको फर्मका १ हजार ६ सय ५० लेयर्स कुखुरा नष्ट गरिएको छ। ग्रामथान–१ को गणेश कृषि फर्मको १ हजार २० लोकल कुखुरामध्ये १ सय ५० वटा मरेका र अन्यको नष्ट गर्ने काम भइरहेको छ।

त्यसैगरी बुढीगंगा–५ रास एग्रो भेटका ५ सय र कटहरी–७ को पदम श्री कृषि बहुउद्देश्यीयका ४ हजार कुखुरालाई २ दिनभित्र नष्ट गरिसक्ने प्रजिअ दाहालले बताए। उनका अनुसार बुढीगंगाको कुखुरा फर्मका कुखुरा मर्न थालेपछि परीक्षण गर्दा बर्लफ्लु भएको पुष्टि भएसँगै नष्ट गर्ने र अन्य फर्मका कुखुराको पनि परीक्षण थालिसकेको जानकारी दिए।  ‘जिल्लाका विभिन्न स्थानबाट कुखुराको नमुना संकलन र सम्भावित ठाउँलाई सील गर्ने काम भइरहेको छ,’ प्रजिअ दाहालले भने, ‘सबै पालिकाको पशु महाशाखालाई निगरानी गर्दै सजग र सर्तकता अपनाउने र शंका लागे तुरुन्तै परीक्षण गर्न भनिएको छ। 

बर्डफ्लु देखिएको र शंका लागेको एरियाबाट पंशी जन्यवस्तु आयत–निर्यातमा रोक लगाएका छौं।’ बर्डफ्लुको उच्च सर्तकता अपनाउँदै प्रदेशको कृषि निर्देशनालयले पनि प्रदेशभित्र आन्तरिक आयात–निर्यातमा कडाइ गर्ने र भारतबाट पंशी जन्यवस्तु आयात गर्न पूर्णमा रोक लगाएको छ। भारतसँग सीमा जोडिएका स्थानबाट हुन सक्ने पंशी जन्यवस्तुको चोरी तस्करीलाई रोक्नका लागि मोरङ प्रशासनले प्रहरीलाई निर्देशन दिएको जनाएको छ।

प्रकाशित: १७ माघ २०७८ १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App