५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा नीजि लगानीमा जडिबुटी प्रशोधन भवन बन्ने

प्रशोधन केन्द्र भवनको सिल्यान्यासपछि वडाध्यक्ष चौधरी र कटुवाललगायत। तस्विरः महेश्वर/नागरिक

उदयपुरमा एक स्वास्थ्यकर्मीले नीजि लगानीमा जडिबुटी प्रशोधन केन्द्र भवन निर्माण गर्ने भएका छन्। सदरमुकाम गाईघाट बजारमा सम्राट आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका अनिल कटुवालले त्रियुगा नगरपालिका १३ असारीमा ‘धनवन्ती आयुर्वेद उत्पादन तथा प्रशोधन केन्द्र’ भवन बनाउन लागेका हुन्।  

विगत एकदशकयता बजारमा आयुर्वेद औषधिको उत्पादन तथा बिक्रीतिरण गर्दै आएका कटुवालले नीजि प्रयासमा ६५ लाख रुपैँया लागतमा भवन निर्माण गर्न लागेका हुन्। एक कठ्ठा जमिनमा बन्ने २ तले भवनको भुईतलामा ६ कोठा र पहिलो तलामा ३ गरी ९ कोठा हुने कटुवालले बताए।  

आर्थिक अभावका कारण कतिपय बिरामीले उपचार गर्नै नसक्ने अवस्था हुने गरकोले त्यस्ता बिरामीको निशूल्क उपचारार्थ आयुर्वेदिक औषधि उपलब्ध गराउने उदेश्यले प्रशोधन केन्द्र भवन बनाउन लागेको कटुवालले बताएका छन्। पैसा नुहने धेरै बिरामीलाई निशूल्क औषधि दिन सकियोस् भनेर जडिबुटी प्रशोधन तथा औषधि उत्पादन गर्ने भवन बनाउन लागेको उनले बताए।  

उनको यो कार्यमा धनवन्तरी जडिबुटी अभियानको साथ रहेको कटुवालले बताए। आप्mनै घर वरिपरि पाइने बिभिन्न किसिमका औषधिजन्य जडिबुटी र वनस्पतिको उपयोग गर्दै आयुर्वेद औषधि बनाएर मानव स्वास्थ्यमा महत्वपूर्ण योगदान गर्न सकिने भएकाले यो अभियानमा आफु जोडिएको उनी बताउँछन्।  

जुनसुकै बेला लाग्ने रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने, निमोनिया, पाइल्स, हर्षा, फिस्टुला तथा पछिल्लो समय अत्याधिक बढ्दै गएको उच्च÷न्युन रक्तचाप (प्रेसर) र मधुमेह (सुगर) रोगको निशूल्क उपचार गराउने उनको उदेश्य छ। सस्तो मूल्यमा सहज तरिकाले रोगीहरुले उपचार पाउने व्यवस्था मिलाउन जडिबुटी प्रशोधन र औषधि उत्पादन आवश्यक हुने र त्यसका लागि भवन चाहिएको कटुवालले बताएका छन्।  

हाललाई दुईतले भवन बनाएर जडिबुटी संकलन र प्रशोधन थाल्ने तथा औषधि उत्पादन गर्दै बिस्तारै जमिन थपेर आवश्यक पूर्वाधार निर्माण गर्दै लाने उनको योजना छ। कटुवालले जिल्लाका बिभिन्न ठाउँमा रहेको खाली र बाँझो जग्गाजमिन भेटिए त्यसमा औषधिजन्य जडिबुटी खेती लगाउने अभियान पनि थाल्ने बताए। त्यसका लागि स्थानीयतह जनप्रतिनिधिसँग समन्वय गर्दै अघि बढ्ने योजना रहेको उनले सुनाए।  

आउँदो ३ महिनाभित्र सक्ने लक्ष्यका साथ निर्माण हुने भवनको सोमबार दिउँसो एक कार्यक्रमका बीच त्रियुगा नगरपालिका १३ की वडाध्यक्ष पशुपति चौधरीले सिल्यान्यास गरिन्। भवन सिल्यान्यास कार्यक्रममा वडाध्यक्ष चौधरीले आप्mनो वडामा नीजि लगानीमा जडिबुटी प्रशोधन केन्द्रा बन्ने थाहा पाउँदा अत्यन्त खुसी लागेको बताउँदै त्यसका लागि वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन्।  

कार्यक्रममा त्रियुगा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष रमेश रसाईलीलगायत वक्ताहरुले आयुर्वेदिक औषधिको गुम्दै गएको साख फर्काउन कटुवालले चालेको कदम प्रशंसायोग्य भएको भन्दै त्यसमा सक्दो सहयोग गर्ने बचन दिए। थाहा पाउँदा घर वरिपरि नै औषधिजन्य बिभिन्न जडिबुटी र वनस्पति रहेको तर, त्यसको पहिचान र प्रयोग बिधि थाहा नपाउँदा स्वास्थ्य बचाउन धेरैले पैसा र तनाव बेहोर्नु परिरहेको उनीहरुले बताए। जडिबुटी खेती गरेर बाँझो जमिनको सदुपयोग गर्ने तथा बिरामीलाई निशूल्क औषधि वितरण गरेर मानव स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याउने कटुवालको अभियानमा सरकार र अन्य सरोकारवालाको साथ सहयोग हुनुपर्नेमा वक्ताहरुको जोड थियो।

प्रकाशित: ३० कार्तिक २०७८ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App