coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

नयाँ संक्रमितभन्दा निको हुने झन्डै दोब्बर

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २० जना कोरोना संक्रमणमुक्त हुँदा १ सय ६८ जनामा संक्रमित थपिएका छन्। ८ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४८ र १ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ६९, मोरङमा ४६, सुनसरीमा २०, इलाममा ५, उदयपुरमा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।

झापाको बिर्तामोडमा १५, मेचीनगर र बुद्धशान्तिमा १०–१०, भद्रपुरमा ७, अर्जुनधारा र दमकमा ६–६, कनकाईमा ५, कमल गाउँपालिकामा ४, हल्दीबारीमा ३, गौरादह, कचनकवल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३३, रतुवामाई र सुन्दरहरैँचामा ४–४, रंगेलीमा २, बुढीगंगा, उर्लाबारी र मिक्लाजुङमा १–१, सुनसरीको इटहरीमा ११, धरानमा ३, गढी र इनरुवामा २–२, बराह क्षेत्र र दुहबीमा १–१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र मांसेबुङमा १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलकामा १–१, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा आइतबार संक्रमणमुक्त हुनेमा १ सय ६५ महिला र १ सय ५५ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १८ आश्विन २०७८ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App