४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

खोप लगाउन पाएपछि नागरिकमा उत्साह

दोस्रो लहरको कोरोना भाइरसको खोप लगाउन पाएपछि जुम्लाका बासिन्दामा उत्साह छाएको छ। कोभिडले सास्ती भोगेका नागरिकलाई खोप लगाउन सुरु गरिएपछि उत्साह थपिएको हो।

बुधबारदेखि ‘भेरोसेल’ खोपको पहिलो मात्रा सुरु गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले चन्दननाथ नगरपालिकाका ६ वटा खोप केन्द्रमा खोप लगाइने जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका खोप शाखा प्रमुख बालकुमारी खड्काले बताइन्।

ज्येष्ठ नागरिकलाई पनि खोप लगाउन सुरु गरिएको छ। यहाँका स्थानीय तहमा यही साउन २१ गतेसम्म खोप लगाउने तालिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाभरी ११४ खोप केन्द्र रहेकाले अहिले जनस्वास्थ्य कार्यालयसहित जिल्लाभरका जनशक्ति यसैमा केन्द्रित भएर काम गरेको खोप शाखा प्रमुख बालकुमारी खड्काकाले बताइन्।

सरकारले शिक्षकका लागि पनि खोप लगाउने अवसर दिएकामा शिक्षक खुसी भएका छन्। शिक्षक जयशङ्कर धिताल विद्यार्थी र समाजसँग प्रत्यक्ष सम्पर्क हुने भएकाले खोप पाए भने सुरक्षित हुने बताइन्। सरकारले स्वास्थ्यकर्मीसहित अत्यावश्यक काममा लागेका सुरक्षाकर्मी, पत्रकारलाई पनि खोपको व्यवस्था गरेको छ।

जुम्लाका एक हजार ४० स्वास्थ्यकर्मीलाई खोप लगाइएको छ। यहाँका करिब ५० पत्रकारले पनि खोप लगाएका छन्। केन्द्रमा अहिले खोप लगाउने व्यक्तिमा उत्साह थपिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। 

प्रकाशित: २१ श्रावण २०७८ १०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App