८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश १ मा १ हजार १सय ४ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ। १ हजार ७ सय ५३ जनाको पीसीआर परीक्षणगर्दा ६ सय ५२ र १ हजार ३ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३ सय ७, सुनसरीमा १ सय ७७, मोरङमा १ सय २३, धनकुटामा १४, इलाममा ९, संखुवासभा, तेर्‍हथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ।

झापाको दमकमा १ सय ११, विर्तामोडमा ७३, अर्जुनधारा र कनकाईमा २३–२३, मेचीनगरमा २०, भद्रपुरमा १७, बुद्धशान्तिमा १४, शिवसताक्षीमा १२, कमल गाउँपालिकामा ४, बार्‍हदशीमा ३, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, कचनकवल, हल्दिबारी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको छ।  सुनसरीको धरानमा १ सय १८, इटहरीमा ४०, बराहक्षेत्र र इनरुवामा ५–५, रामधुनी र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ७ जनामा संक्रमण देखिएको छ।  मोरङको विराटनगरमा ५५, केराबारीमा १८, उर्लाबारी र सुन्दरहरैचामा १३–१३, बेलबारीमा ८, पथरीशनिश्चरेमा ५, मिक्लाजुङ र ग्रामथानमा ३–३, रंगेली, लेटाङ, सुनबर्षी, रतुवामाई र कटहरीमा १–१ जनामा संक्रमण देखिएको छ।  

धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिवासमा २, महालक्ष्मी, छथर, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २ र देउमाईमा १, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।  तेर्‍हथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथरको फालेलुङ र ताप्लेजुङको मैवाखोलामा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीबार  ३ सय ८२ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ७६ महिला र २ सय ६ पुरुष संक्रमणमुक्त भएका छन्। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रकाशित: १४ श्रावण २०७८ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App