२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्लीभल्याण्डमा गोली हानाहान हुँदा १२ जनाको मृत्यु

बन्दुकधारीहरूले क्लीभल्याण्डको बस्तीमा आक्रमण गरी १२ जनालाई गोली हानेर हत्या गरेको दक्षिण अफ्रिकी प्रहरीले बुधबार जनाएको छ।

मंगलबार राति आक्रमण गरी १० जना भन्दा बढी सशस्त्र व्यक्तिहरूलाई यस क्षेत्रमा लगि बस्तीमा आक्रमण गरिएको प्रहरी प्रवक्ताले बताए।

संदिग्धहरू दुवै प्रवेशद्वारबाट बस्तीमा प्रवेश गरेर गाडीमा घटनास्थलबाट भाग्नु अघि धेरै स्थानहरूमा स्थानिय बासिन्दा र समुदायका सदस्यहरूमाथि गोली चलाएर भागेको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानले आक्रमणको परिणामस्वरूप १२ जनाको मृत्यु भएको खुलासा गरेको छ कर्नल दिमाकाट्सो नेभुहुल्वीले बताए।

आठ जना पुरुष र तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको उल्लेख गर्दै उनले एक जनाको अस्पतालमा मृत्यु भएको बताए।

यो आक्रमण जोहानेसबर्ग सहरको केन्द्रबाट लगभग छ किलोमिटर पूर्वमा क्लीभल्याण्ड भनिने क्षेत्रमा भएको थियो।

नेभुहुल्वीले आक्रमणको उद्देश्य अझै थाहा नभएको र अहिलेसम्म कसैलाई पक्राउ नगरिएको बताए।

प्रकाशित: २७ जेष्ठ २०८३ १५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App