विपक्षी दलहरूले विरोध जनाएपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित गरिएको छ।
बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमासम्बन्धी आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै अवरोध गरेका थिए। विपक्षी दलहरूको विरोधका कारण सदनको नियमित कार्यसूची अघि बढ्न नसकेपछि सभामुखले डीपी अर्यालले बैठक स्थगित गरेका हुन्।
लगातारको अवरोधका बीच प्रतिनिधि सभाको आजको बैठक कुनै कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको हो। प्रतिनिधि सभाको अर्को बैठक २०८३ जेठ २७ गते बिहान ११ बजे बस्ने तय गरिएको छ।
प्रकाशित: २६ जेष्ठ २०८३ १३:५७ मंगलबार





