१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

महिला हिंसाप्रति सरकारले चासो दिनुपर्छ : सांसद शर्मा

प्रतिनिधिसभाको आजको बैठकमा सांसद बलावती शर्मा ले देशमा बढ्दो महिला हिंसाप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले नेपाली सेनामा कार्यरत इश्वरी भुजेलको आफ्नै श्रीमान कुमार थापाको आक्रमणबाट मृत्यु भएको घटनालाई  दुःखद र गम्भीर रहेको भन्दै महिलाको सुरक्षामाथि प्रश्न उठेको बताइन्।  

उनले इश्वरी भुजेलले जीवित रहँदा पटक–पटक प्रहरीमा उजुरी दिन खोज्दा पनि सुनुवाइ नभएको र पीडकलाई नै संरक्षण गरिएको भन्दै  घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छिन्।  

उनले यस्ता अमानवीय अपराधमा संलग्न व्यक्तिमाथि कडा कारबाही हुनुपर्ने बताउँदै सत्यतथ्य छानबिन गरी दोषीलाई सर्वस्वसहित आजीवन कारावासको सजाय दिन सरकारसँग माग गरिन्। साथै उनले महिला हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरिन्।  

शर्माले बलात्कार, हत्या तथा यौन हिंसाजस्ता अपराधका अधिकांश घटना आफन्त तथा नजिकका व्यक्तिबाट हुने गरेको भन्दै पीडितहरूले अझै न्याय पाउन नसकेको बताइन्।   

प्रकाशित: २७ जेष्ठ २०८३ १५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App