२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सबै नेपालीलाई खोप प्राथमिकता : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई खोप आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। बिहीबार सांस्कृतिक संघका पदाधिकारीहरूसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले नयाँ सरकारले सबै नेपालीलाई खोप उपलब्ध गराउन जतिसक्दो चाँडो विदेशबाट खोपहरू मगाइरहेको जनाएका थिए।

‘अहिलेको प्रथामिकता भनेको सबै नेपालीलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउनु हो,’ प्रधानमन्त्री देउवाले भने, ‘कोरोना भाइरस महामारीविरुद्ध लड्न सबै नेपालीलाई खोप आवश्यक भएको हुँदा त्यो जुटाउन लागिपरेको छु।’ वर्तमान सरकारले अन्य क्षेत्रभन्दा बढी नेपालीलाई खोप उपलब्ध गराउन जुटेको तर्क गरेका थिए। ‘विभिन्न देशबाट खोप आइरहेको छ,’ उनले थपे, ‘त्यो पयाप्त नहुने भएकाले सबै नेपालीले खोप नपाउन्जेल सरकारको अभियान रोकिने छैन।’

सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापासहितका पदाधिकारीहरू प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित: ८ श्रावण २०७८ ००:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App