२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४७

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४७ मा झरेको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरण अनुसार १ हजार ६ सय ४१ जना संक्रमित भएकोमा १ हजार २ सय ८० जना संक्रमणमुक्त भएका छन्। प्रशासन कार्यालयले १४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ। जिल्ला भित्रै मृत्यु भएकाको विवरण मात्र प्रशासन कार्यालयले राख्ने गरेको छ। 

दोस्रो भेरियन्ट सुरु भएयता भने यहाँका २० जना नागरिकको मृत्यु भइसकेको छ। प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार संक्रमित अधिकाँस होम आइसोलेसनमा रहेका छन्। २ जनालाइ थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ। ८ जना सामान्य उपचारको क्रममा अस्पतालमा र ११ जना स्थानीय तहले बनाएका संस्थागत क्वारेन्टिनमा रहेको समेत प्रजिअ पाण्डले जानकारी दिए। प्रतिशतका हिसावले करिव ७९ प्रतिशत संक्रमणमुक्त भएको देखिएको छ भने २१ प्रतिशतमा अझै संक्रमण कायम रहेको तथ्याङ्ले देखाएको छ।  

३ हजार ५ सय बढीले लगाए कोरोना बिरुद्धको खोपको दुबै मात्रा

ताप्लेजुङमा अहिले सम्म ३ हजार ५ सय ३७ जनाले कोरोना बिरुद्धको खोपपको दुबै मात्रा लगाएका छन्। सो मध्ये २ हजार १ सय ५९ जनाले कोभिडशिल्ड र १ हजार ३ सय ७८ जनाले भेरोसिल खोपको दुबै मात्र लगाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार १४ हजार १ सय ९५ जनाले कोभिडशिल्ड र ५ हजार ७ सय ४० जनाले भेरोसिल गरी १९ हजार ९ सय ३१ जनाले भने खोपको पहिलो मात्रा मात्र लगाएका छन्।  

प्रकाशित: ३१ असार २०७८ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App