coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोनाले बन्द ओपिडी सेवा पुनः सञ्चालन

कोरोना संक्रमणको कारण जिल्ला अस्पताल बैतडीमा बन्द गरिएको ओपिडी सेवा पुनः सञ्चालन भएको छ। कोरोना कहरका कारण गत वैशाखदेखि बन्द रहेको ओपिडी सेवा सुचारु भएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। अस्पतालमा कोरोनाका बिरामीहरुको संख्या शून्य भएपछि ओपिडी सेवा सुरु गरिएको हो।

कोरोना भाइरसको जोखिमका कारण यसअघि आकस्मिक र प्रसूति बाहेकका सेवा बन्द गरिएको थियो। जिल्ला अस्पतालले आइतबारबाट सबै सेवा नियमित रुपमा सुचारु गरेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ।

प्रकाशित: १३ असार २०७८ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App