२७ माघ २०८२ मंगलबार
image/svg+xml
खेल

युएईविरुद्ध नेपाल: १० ओभरमा ७१ रन, ३ विकेट गुम्यो

युएईविरुद्धको टी-२० विश्वकप वार्म-अप खेलमा १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले मध्यम सुरुवात गरेको छ।

इनिङ्सको आधा समय सकिँदा नेपालले ३ विकेट गुमाएर ७१ रन बनाएको छ। सुरुवाती झड्कापछि अहिले मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले नेपालको इनिङ्स उकास्ने प्रयास गरिरहेका छन्।

खराब सुरुवातका बाबजुद क्रिजमा आएका दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गरिरहेका छन्। उनले १६ बलको सामना गर्दै ३ चौकाको मद्दतमा अविजित २६ रन बनाएका छन्। उनलाई अर्का ब्याटर आरिफ शेखले १० बलमा १० रन बनाएर साथ दिइरहेका छन्।

यसअघि टोलीलाई सम्हाल्ने प्रयास गरेका कप्तान रोहित पौडेल रन आउट भए। ६.५ ओभरमा १६ रन बनाएर खेलिरहँदा उनी रन आउटको सिकार बनेका थिए।

ओपनर कुशल भुर्तेल र आसिफ शेख समान ८-८ रन बनाएर पेभेलियन फर्किसकेका छन्।

प्रकाशित: २० माघ २०८२ १९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App