१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

राष्ट्रपति रामचन्द्र पौडेललाई जापानमा गार्ड अफ अनर प्रदान गरिएको छ । चारदिने भ्रमणका क्रममा टोकियोमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले गार्ड अफ अनर प्रदान गरेको हो ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आएका हुन् ।  

उनले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो र प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग आजै शिष्टाचार भेट गरेका थिए । 

प्रकाशित: २० माघ २०८२ २०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App