भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले क्यान्सर रोग अध्ययन संस्थान स्थापनाको माग गरेका छन्।
नेपाल सरकारले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक बजेटमा क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भक्तपुर क्यान्सर अस्पताल, बि.पि.कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई यस अध्ययन संस्थान मातहत सञ्चालन गर्ने निर्णय आफूहरुलाई उपयुक्त भएको भन्दै सो निर्णय कार्यान्वयन गर्न कर्मचारीहरुले माग गरेका छन्।
कर्मचारीहरुको संगठन, कर्मचारी कल्याणकारी संघले एक विज्ञप्ति जारी अध्ययन संस्थानको स्थापना विषयमा बि.पि. कोइराला क्यान्सर अस्पतालका पूर्व तथा वर्तमान पदाधिकारी र शुभचिन्तकहरुको धारणा र प्रतिक्रियाले अस्पतालका कर्मचारीहरुको ध्यानाकर्षण भएको जनाएको छ। उनीहरुले सरकारको सो निर्णयले क्यान्सर रोगथाम, अध्ययन, अध्यापन र क्यान्सर उपचारमा निर्देशिका बनाई उपचारमा एकरुपता ल्याउन समेत सहयोग गर्ने जनाएका छन्।
उनीहरुले अस्पतालाई संस्थानअन्तर्गत समावेश गरे अझ अस्पतालको विकास हुने उल्लेख गरेका छन्। ‘केही मेडिकल क्यान्सर माफियाहरुको आफ्नो स्वार्थको लागि अन्य ठाउँमा क्यान्सर संस्थान खोलिनु हुँदैन भनेर सिण्डिकेट लगाउने षडयन्त्रको हामी विरोध गर्दछौं।’
यस्तो छ विज्ञप्ति

प्रकाशित: १३ असार २०७८ ०९:२९ आइतबार




