१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस प्रवक्ताको दाबी: विशेष महाधिवेशनमा सहभागी नभएकाहरू पार्टी गतिविधिमा फर्किसके

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशनमा सहभागी नभएका नेता कार्यकर्ता पनि पार्टी गतिविधिमा फर्किएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा निर्वाचनलक्षित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले यस्तो दाबी गरेका हुन्। 

‘विशेष महाधिवेशनमा सहभागी नहुनेहरूसमेत पार्टी गतिविधिमा जोडिन थालेका छन्,’ प्रवक्ता चालिसेले भने, ‘अन्य दलका नेता–कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गर्ने क्रम जारी छ।’  उनले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको पनि जानकारी दिए। उनले भने, ‘धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ।’ 

पार्टी एकता मजबुत बनाउन सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडा स्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको पनि प्रवक्ता चालिसेले बताए। आन्तरिक सुशासनका लागि निर्वाचन आचारसंहिता पनि बनाएको उनले जानकारी दिए। 

प्रकाशित: १३ माघ २०८२ १६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App