coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

व्यवसायि रानाद्वारा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई २५ सिलिण्डर अक्सिजन सहयोग

अक्सिजन अभावमा जिल्लामा रहेका कोरोना संक्रमतिहरुको उपचार प्रभावित बन्दै आएको छ। कोरोना संक्रमितको उपचार भैरहेका जिल्लाका बिभिन्न अस्पतालहरुमा विभिन्नि समुह तथा व्यक्तिहरुले अक्सिजन जोहो गर्ने अभियान थालेका पनि छन्। यसैक्रममा निर्माण व्यवसायि महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन उपलब्ध गराएका छनन्। उनले २५ सिलिण्डर अक्सिजन खरिद गरेर प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन्। 

रानाले प्रतिष्ठानका उपकुलपति डा.संगिता भण्डारी, अस्पताल निर्देशक डा.प्रज्ञा बस्नेत , कामु रजिष्ट्रार झंकार लामिछानेलाई अक्सिजन हस्तान्तरण गरेका हुन्। ‘अहिलेको बिषम परिस्थतिमा अक्सिजन अभावका कारण कैयाैँ नागरिकले ज्यान गुमाउनु परिरहेको छ,’रानाले भने, ‘यो महामारीका बेलामा नागरिकको जिउ ज्यानको रक्षार्थ मैले अक्सिजनको जोहो गरेर हस्तान्तरण गरेको हुँ।’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले अक्सिजन अभावमा उपचार सेवा प्रभावित बन्दै आएको छ। 

अक्सिजन ग्रहण गर्दै प्रतिष्ठानका उपकुलपति डा.भण्डारीले प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन अभाव रहेको भन्दै रानाले गरेको सहयोगले धेरै राहत पुग्ने बनाईन्। ‘प्रतिष्ठानमा रहेका बिरामीहरुको उपचारका लागि अक्सिजन कसरी म्यानेज गर्ने भन्ने बिषयमा हामीहरु ज्यादै चिन्तीत छौँ र त्यसका लागि लागिपरेका पनि छौँ,’डा. भण्डारीले भनिन् ‘व्यवसायि राना जिले गरेको यो सहयोगले यहाँ उपचाररत बिरामीहरुको उपचारमा धेरै सहजता हुनेछ।’ 

अक्सिजन सहयोग गरेका रानाले प्रतिष्ठानका लागि थप अक्सिजन उपलब्ध गराउने बताएका छन्। उनले अक्सिजन सहयोगलाई अभियानकै रुपमा सञ्चालन गर्ने पनि बताए।  थप अक्सिजनको व्यवस्थापन भैरहेको र छिट्टै प्रतिष्ठानलाई हस्नात्नतरण गरिने रानाले जानकारी दिए।  

यसैगरि रानाका छोरा अविनाश राना र बुहारी सृजना राना कुँवरले समेत प्रतिष्ठानलाई अक्सिजन व्यवस्थापनका लागि ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। आफ्नो विवाह खर्च कटौति गरेर मानव सेवामा उक्त रकम लगाईएको उनिहरुले बताएका छन्।

प्रकाशित: २८ वैशाख २०७८ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App