१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

इनरुवा अस्पतालमा सय बेडकाे कोभिड अस्पताल बनाउने प्रस्तावना पारित

सुनसरी सदरमुकाम इनरुवास्थित इनरुवा अस्पताललाई सय बेड क्षमताको कोडिभ अस्पताल बनाउने प्रस्तावना स्वीकृत भएको छ। सुनसरीको जिल्ला कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर(डिसिसिएमसि)को आज बसेको बैठकले इनरुवा अस्पतालले तयार गरेको प्रस्तावना स्वीकृत गरेको हो। 

अस्पतालले तत्काल २० बेड क्षमताको कोभिड अस्पताल सञ्चालन गर्ने र सय बेड क्षमतासम्मको अस्पतालको रुपमा प्रयोग र विकास गर्न आवश्यक आधारभुत जनशक्ति, भौतिक पूर्वाधारलगायत स्वास्थ्य सामग्रीको व्यवस्थापनको लागि प्रस्तावना तयार गरेको छ। बैठकले स्वीकृत गरेको प्रस्तावनालाई आवश्यक समन्वय गरि सञ्चालनको लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयलमा अनुरोध गरि पठाउने निर्णय गरिएको डिसिसिएमसि अध्यक्ष एवं सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

सोही बैठकले तत्काल स्थानीय तहहरुमा आइसोलेसन सेन्टर स्थापना एवं सञ्चालन गर्न जिल्लाका १२ तहहरुलाई १० लाखको दरले बजेट उपलब्ध गराइदिन पनि उक्त मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। जिल्लामा रहेका अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई स्वास्थ्य संस्था तथा चिकित्सकहरुको सिफारिसमा मात्र अक्सिजन उपलब्ध गराउन जानकारी दिने र यसको अनुगमन गर्न स्थानीय प्रहरीलाई निर्देशन दिने निर्णय भएको छ।  

कोरोनाले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको लागि एउटा शव वाहन र नेपाली सेनाको टोलीलाई सो स्थानमा जान आउन आवश्यक पर्ने सवारी साधन तत्काल खरिद हुन सक्ने अवस्था नरहे भाडा लिनेमा लिने निर्णय गरेको छ। यसको लागि एउटा सवारी साधनको मासिक भाडा दर १ लाख ६० हजारका दरले इन्धनसहित सवारी साधनको तीन महिनाको भाडा बापतको बजेट उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले अनुरोध गर्ने निर्णय गरेको छ। यस्तै सुनसरीका स्थानीय तहहरु इटहरी, दुहबी, रामधुनी, बराहक्षेत्र र कोशीमा आइसोलेसन सेन्टरहरुमा सुरक्षाको व्यवस्था मिलाउन कृष्णदल गण इटहरीलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ।

प्रकाशित: २३ वैशाख २०७८ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App