६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

‘कोरोनाबाट बच्ने भए कम खानुस्’

बेलायतका सहायक स्वास्थ्यमन्त्री हेलेन भोटेलीले मोटा मानिसलाई कोरोना भाइरसको संक्रमण हुने बढी खतरा हुने भएकाले यसबाट बच्ने हो भने कम खाना खान आफ्ना नागरिकलाई सुझाव दिएका छन् ।  

समाचार एजेन्सी रोयटर्सका अनुसार उनले जुन व्यक्तिको वजन (उचाइ र वजनको अनुपातमा) ४० किलोभन्दा बढी हुन्छ, ऊ कोरोना संक्रमणबाट मृत्यु हुने खतरा अन्यको तुलनामा दुई गुणा बढी हुन्छ ।  

बेलायतका विशेषज्ञले यसअघि नै मोटोपन एवं बढी वजनवाला व्यक्तिलाई कोरोना भाइरसको संक्रमण तथा यसबाट मृत्यु हुने खतरा अन्यलाई भन्दा बढी हुने कुरा बताइसकेका छन् ।  

बेलायतको स्वास्थ्य विभागका कार्यकारी एजेन्सी पब्लिक हेल्थ इंग्ल्यान्डले मोटो अर्थात् बढी तौल भएका व्यक्तिलाई कोरोना संक्रमण भयो भने अन्यलाई भन्दा बढी नै हेरचाह आवश्यक हुने पाइएकाे पुष्टि गरेको छ ।  

विशेषज्ञका अनुसार शरीरको तौल जति बढी हुँदैछ जान्छ, त्यस्तो जोखिम पनि उति नै बढ्दै जान्छ ।  

पब्लिक हेल्थ इंग्ल्यान्डका प्रमुख पोषण विशेषज्ञ डा. एलिसन टेडस्टोनका अनुसार बढी तौलका कारण अन्य रोगका साथै कोरोना संक्रमणले पनि बढी खतरा निम्त्याउँछ ।  

उनले भने, ‘तौल घटाउनु स्वास्थ्यका लागि धेरै फाइदाजनक छ, यसले कोरोना संक्रमणको खतरासमेत कम गर्छ ।’ बिबिसी

प्रकाशित: १२ श्रावण २०७७ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App