५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

६२ जनाको आरडिटी रिपोर्ट ‘नेगेटिभ’ (अपडेट)

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ३६ जनाको कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । भारत तथा नेपालकै विभिन्न शहरबाट गाउँ आएपछि १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका ३६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।  

स्वास्थ्य कार्यालयबाट टेष्ट किट प्राप्त भएपछि बुधबार दोश्रो चरणको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । पहिलो चरणमा चैत यता विभिन्न देशबाट घर आएका ८ व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेष्ट रिपोर्ट पनि नेगेटिभ आएको थियो । हाल जिल्लाका १० वटै स्थानीय तहमा कोरोना भाइरसको संक्रमण भए÷नभएको यकिन गर्नका लागि शंकास्पद व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेष्टको काम भइरहेको छ ।  

यस्तै हलेसी तुवाचुङ नगरपालिकाका २६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट रिपोर्ट पनि नेगेटिभ आएको छ । भारतका विभिन्न स्थान, काठमाडौं लगायतका ठाउँबाट घर आएर होम क्वारेन्टाइनमा बसेका व्यक्तिको आरडिटी रिपोर्ट ‘नेगेटिभ’ आएको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए । नगरपालिकाका ११ वडाका दुई/दुई जना तथा पहिलो चरणको आरडिटीमा छुट भएका व्यक्तिको परीक्षण गरिएको हो ।

यस्तै, ५० जनाको पिसिआर परीक्षणका लागि स्वाब तान्ने उपकरण माग गरिएको स्वास्थ्य शाखाका सह–संयोजक घिमिरेले बताए । पहिलो चरणमा हलेसी तुवाचुङ नगरपालिकाका २४ जनाको आरडिटि गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।  

पहिलो चरणमा चैत यता विभिन्न देशबाट आएका व्यक्तीको आरडिटि गरेको स्थानीय तहले हाल शहर बजारबाट गाउँ आएका स्थानीयको आरडिटी परीक्षण गरिरहेको छ । 

प्रकाशित: ३१ वैशाख २०७७ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App