१४ माघ २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमण रोकथाम कोषमा ६ लाख सहयोग

टीकापुर – जिल्लाको नगरपालिका– १ घर भई हाल काठमाडौं बस्दै आएका विकास रावलले कोरोना भाइरसको संक्रमण रोकथामका लागि करिब ६ लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री र नगद सहयोग गरेका छन्। उनले आज टीकापुर अस्पताललाई ४ लाख ९० हजार ६ सय ३४ रूपैयाँ बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। उनले एक लाख टीकापुर नगरपालिकाको आकस्मिक कोषमा जम्मा पनि गरेका छन्। 

गैरसरकारी संस्था कोइकाको नेपालका असिस्टेन्ट डाइरेक्टर रावलकी फूपु कौशिल्यादेवी रावलले स्वास्थ्य सामग्री टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल र एक लाख रूपैयाँको चेक टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावललाई हस्तान्तरण गरेकी हुन्। रावलले प्रदान गरेको स्वास्थ्य सामग्रीमा पिपिई सेट ५० थान, एन ९५ मास्क १०० थान, सर्जिकल मास्क २ हजार थान, सोडियम हाइपोक्लोराइड ६५ लिटर, ग्लोब ८ प्याकेट र स्यानिटाइजर १०० थान रहेको छ। 
तत्कालिन टीकापुर विकास समितिका पूर्वअध्यक्ष मीनबहादुर रावलका छोरा रावलले कोरोना भाइरसको संक्रमणबाट बच्न थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले सहयोग गरेको बताए।

‘यो बेला सबैले हातेमालो गरेर अघि बढ्नु पर्छ’ नागरिककर्मीसंगको टेलिफोन संवादमा रावलले भने–‘कुनै एक संस्था र व्यक्तिको प्रयासले मात्रै विपत्तीसंग लड्न सकिँदैन।’
अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जताततै अभाव भैरहेका बेला रावलले उपलब्ध गराएको स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीका लागि निकै उपयोगी हुने बताए। 

सो अवसरमा मेयर रावलले नगरपालिकाको आकस्मिक कोसमा रकम जम्मा गरेर रावलले ठूलो सहयोग पुर्याएको बताए। उनले कोरोना संक्रमणको विपत्तीमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन्। 
 

प्रकाशित: २९ चैत्र २०७६ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App