२२ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

संक्रमित युवतीसँगै आएका दुईसहित ६ को रिर्पोट नेगेटिभ

पाँचथर– फ्रान्सबाट नेपाल आएकी कोराना संक्रमित युवती सवार विमानमै कतारबाट आएका दुई जनासहित मोरङ टाडीमा रहेको क्वारेन्टाईनमा रहेका पाँचथरका ६ जनाकै रिर्पोट नेगेटिभ आएको छ। प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार क्वारेन्टाईनमा राखिएका उनीहरूको रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको छ। 

गत चैत ४ गते नेपाल आएका मध्ये फाल्गुनन्द गाँउपालिका– १ नविडाँडाका का एक जना र फिदिम– ६ शिवाका एक जनालाई टाडी लगेर क्वारेन्टाईनमा राखिएको थियो। यस्तै, मिक्लाजुङ गाँउपालिकाको दुर्दिम्बाका एकै परिवारका ४ जनालाई टाडीको क्वारेन्टाईनमा राखिएको थियो।

विदेशबाट आएका एक जना र उनको परिवारका सदस्यलाई त्यहाँ राखिएको थियो। रिर्पोट नेगेटिभ आएपछि चारै जनालाई घर ल्याइएको गाँउपालिका प्रमुख अमरराज माखिमले जानकारी दिए। बाँकी दुई जनालाई पनि घर ल्याउने तयारी भईरहेको जानकारी दिइएको छ। 

प्रकाशित: २९ चैत्र २०७६ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App