६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

सरकारी अस्पतालमै छैनन् पोषणविद

काठमाडौं- डाइटिसियन अस्पताल र समु्दायको लागि अपरिहार्य जनशक्ति हुने विश्वभरको अभ्यास हो। अझ अस्पतालमा आउने बिरामीको लागि डाइटिसियन अनिवार्य सर्त हो। नेपालमा भने सरकारी अस्पतालमै डाइटिसियनको अभाव छ। औंलामा गन्ने अस्पतालमा डाइटिसियन छन् भने भएका पनि सीमित संख्यामा रहेको नेपाल डाइटिसियन संघले औल्याएको छ।

‘नसर्ने रोग बढ्नुको मुख्य कारण खानपानको मात्रा र तरिका नमिलेरै हो,त्यसको लागि हाम्रो भूमिका हुनु पर्छ, तर त्यो कुरा सरकारले महसुस गर्न सकेको छैन’ नेपाल डाइटिसिएन संघकी अध्यक्ष नानी शोभा शाक्यले भनिन्।

हाल सीमित सरकारी अस्पतालमा औलाले गन्न मिल्ने मात्र डाइटिशियन रहेको अध्यक्ष शाक्यले बताइन्। उनका अनुसार वीर अस्पताल,धर्मभक्त अंग प्रत्यारोपण केन्द्र,कान्ति,उपत्यका बाहिर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र डाइटिसिएन राखेका छन्। धेरै जसो निजी अस्पतालले भने डाइटिसियन राख्ने अभ्यास गरिरहेका छन्। डाइटिसिएन राखेका अस्पतालले पनि मापदण्ड अनुसार राखेका छैनन्।  मापदण्ड अनुसार प्रति २५ शैय्या बराबर एक जना डाइटिसिएन हुनु पर्छ।

एक दशक अघि राष्ट्रिय योजना आयोगले स्वास्थ्य संस्थामा डाइटिसियन जनशक्ति खटाउने निर्णय गरेको तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल संरचना निर्देशिकाले पनि प्रत्येक स्वास्थ्य संस्थामा डाइटिसियन राख्ने व्यवस्था गरेको छ। नीति नियममा व्यवस्था भएपनि डाइटिसियनको दरवन्दी नगर्दा विरामी सेवाबाट बंचित भएको र उत्पादित जनशक्तिको भविष्य अन्यौलमा परेको संघका सदस्य मोदनाथ पौडेलले बताए। ‘केही निजी अस्पतालमा र केही गैरसरकारी संस्थामा काम गरिरहेका छन् कतिले रोगजार पाउन सकेका छैनन्’ उनले भने।

पोषणविदलाई सरकारले उचित रुपमा परिचालन गर्न नसकेको कारण देशमा नसर्ने रोग फैलिरहेको,क्षयरोग,क्यान्सर, मुटुरोग,मधुमेहका विरामीले दुःख पाइरहेको उनीहरुले बताए। ‘ पोषण नमिलेर क्षयरोगका बिरामीको मृत्यु भएको देखिन्छ भने रक्तअल्पता भएका महिलाहरुको हेमोग्लोविन बढाउन सकेका छैनन्’ अध्यक्ष शाक्यले भनिन्।

हाल देशभरमा निजीमा ५० जना डाइटिसियनले काम गरिरहेका भने बाँकी विज्ञता बाहिरको काममा सहभागी हुनु परेको छ। बिगत ३० वर्षदेखि पदम कन्या कलेजले प्रति वर्षेदेखि स्नाकोत्तर तहको जनशक्ति उत्पादन गरिरहेको छ भने बिगत ५ वर्षदेखि केन्द्रीय प्रविधी क्याम्पस धरानमाले स्नातक तहको न्युट्रेशन एण्ड डाइटिसियन बिषयको अध्यापन गरिरहेको छ।

उत्पादित जनशक्तिको भविष्य अन्यौलमा परिरहेको प्रति सरकार गम्भिर बन्न नसकेको संघले आपत्ति प्रकट गरेको छ। सरकारको नीति नियम अनुसार संघले अस्पतालमा डाइटिसियनको दरवन्दी खोल्न आग्रह गर्न पटक–पटक मन्त्रालय पुगेपनि कार्यान्वयन नगरेको उनीहरुको गुनासो छ। नेपाली सेनाको अस्पतालमा केही समय अघि मागेको डाइटिसियनको दरवन्दी पनि भारतमा अध्ययन गरेर आएकाहरुलाई मात्र काम लाग्ने गरी खुलेको उनीहरुको गुनासो छ।

हाल नेपालमै उत्पादन भएका जनशक्तिलाई अस्ताल,सामुदायिक र बिद्यालयमा परिचालन गरेर स्वस्थ जनता राख्न सक्ने अध्यक्ष शाक्यले बताइन्। यी निकायमा डाइटिसियनको अभावमा स्कुलमा बिद्यार्थीमा मोटोपना,कुपोषण,किशोरीमा रक्तअल्पता बढेको उनीहरुले बताए। ‘ खाना न भएर भन्दा पनि खान नजानेर कुपोषण र रोग लाग्ने गरेको देखिन्छ’ सदस्य मोदनाथ पौडेलले भने। तथ्याकं अनुसार विश्वमा दुइ नम्वरमा रहेको र  मृत्युको दोस्रो कारण खानपान नमिलेकोले भएको तथ्याकं छ।

 

 

 

 

 

 

 

प्रकाशित: ९ असार २०७६ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App