प्रहरी महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीले नागरिकको सन्तुष्टि नै प्रहरीको जिम्मेवारी रहेको बताएका छन । उनले प्रहरीलाई नागरिकसँग उत्तरदायी हुने गरी काम गर्न समेत निर्देशन दिएका छन् ।
कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयमा युएनओपिएसको सहयोगमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उदघाटन गर्दै सो कुरा बताएका हुन । ‘प्रहरीको प्रमुख कत्र्तब्य नै नागरिकको संतुष्टी हो ’ उनले भने ‘ प्रहरी नागरिक मैत्री हुन जरुरी छ ।’ उनले नवनिर्मित भवनले सेवा सुबिधामा सहजता थप्ने बताए ।
नागरिकको सेवा सुबिधामा प्रहरी हरपल तयार रहेको बताउँदै कार्कीले प्रविधिमैत्री भौतिक संरचना निर्माणसँगै प्रहरीहरू पनि अब समय अनुकूल परिवर्तन हुन जरुरी रहेको बताए । राज्यले दिने सेवा तथा नागरिकको पहुँच बराबर हुन जरुरी रहेको बताए । सेवा प्रदायलाई पीडित मैत्रीभावना समानता र बराबर दृष्टिले न्याय दिनुपर्ने उनले बताए ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नागरिकलाई भरोसा हुने किसिमले प्रहरील सेवा दिनु पर्ने बताए । कपिलवस्तु जस्तो क्षेत्रमा यस्ता भवन निर्माण हुनु आफैमा राम्रो पक्ष भएको बताए । युएनओपिएस नेपालका कन्ट्री म्यानेजर कोमल कार्कीले यस्ता भवन नेपालमा शान्ति सुरक्षामा अहम भूमिका खेलेको बताए ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले प्रहरीहरू यस्ता भवनबाट सेवा दिन पाउनु राम्रो पक्ष भएको बताए । २ करोड ३६ लाख ६४ हजार ७ सय १ को लागतमा १२ कोठे भवन निर्माण गरिएको हो ।
प्रकाशित: २० माघ २०८२ २०:१८ मंगलबार





