२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

सांसदका रूपमा मैले आफ्नो निर्वाचन क्षेत्रको विकासमा सधैँ ध्यान दिएको छुः पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सांसदका रूपमा आफूले काठमाडौं क्षेत्र नं-५ को विकासमा सधैँ ध्यान दिएको बताएका छन्।

आज यहाँ निर्वाचन क्षेत्र अन्तर्गत बालुवाटारमा भएको कार्यक्रममा उनले आफूले तीन वर्षमा सम्भवसम्मका काम गर्न ध्यान दिएको बताएका हुन्।

‘मैले काठमाडौं–५ मा निर्वाचनमा गरेका प्रतिबद्धता कार्यान्वयनका लागि हरसम्भव प्रयास गरेको थिए, त्यसका आधारमा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु’, महामन्त्री पौडेलले भने।

उनले आफू सांसद रहँदा विष्णुमति करिडोको रेखाङ्कन गरेर सडक निर्माणलगायत काम सुरुवात गरेको भन्दै ती कामको पर्याप्त प्रचार भने हुन नसकेकाले जिकिर गरे।

महामन्त्री पौडेलले नेपालमै पहिलो पटक स्थानीय तहले आवश्यक जमिन किन्ने गरी धनेश्वरमा नमूना खेल मैदानको काम भइरहेको सुनाए।

प्रकाशित: २० माघ २०८२ २०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App