२३ माघ २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पाँच वर्ष मुनिका बालबालिकालाई स्वर्णप्रासन खुवाउँदै सरकार

आयुर्वेद उपचार प्रणालीमा यस्ता औषधी छन् । जुन सेवन गरेबापत बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमताको विकास हुन्छ। त्यो हो स्वर्णप्रासन। यो औषधी अब सरकारले सबै बालबालिकालाई खुवाउने तयारी गरेको छ ।

नयाँ आर्थिक वर्षसँगै देशभरका २५ जिल्ला र आगामी आर्थिक वर्षदेखि ७७ वटै जिल्लामा लागु हुने गरी कार्यक्रम अघि बढेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा. श्याम बाबु यादवको अनुसार  साउनदेखि नै पच्चिस जिल्लामा औषधी खुवाइँदै छ। यसको लागि बजेट पनि विनियोजन भइसकेको छ । प्रत्येक महिना ६ महिना माथि र तीन वर्ष मुनिका बालबालिकालाई खुवाइनेछ ।

स्वर्णप्रासनमा घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्त्व हो । ६ महिना मुनिका शिशुलाई आमाको दूध बाहेक केही खुवाउन नहुने भनिएकोले उनीहरूको हकमा स्वर्णप्रासन कार्यक्रम लागु नहुने उनले यादवले बताए । 

जुन परम्परागत रुपमा प्रयोग आइरहेको थियो । उनको अनुसार परम्परागत रुपमा प्रयोग भएपनि आम बालबालिकाको हकमा प्रयोग गर्नको लागि वैज्ञानिक पुष्टिको खोजी पछि नेपाल सरकारले यो वर्षदेखि लागु गरेको उनले बताए । सन् २०२० भारतमा गरिएको अनुसन्धानले स्वर्ण प्रासनमा प्रतिरोधात्मक बढाउने तत्त्व पाइएको औँल्याएको छ ।

भारत तथा अन्य मुलुकमा अनुसन्धान भई पहिला नै बालबालिका लागि वितरण भइसकेको हुनाले नेपालमा पनि यो कार्यक्रम सुरु गरेको महानिर्देशक यादवले जानकारी दिए ।

डा.यादवको अनुसार बालबालिकालाई सानैमा यो पोषक तत्त्व खुवाएमा पछि गएर स्वस्थ शरीर बन्ने प्रयोजनको लागि यो कार्यक्रम समावेश गरिएको हो । ‘यो कार्यक्रमले रोग लाग्नु भन्दा पहिला नै प्रतिरक्षा प्रणाली बलियो बनाउने हुनाले निरोगी नेपाल अभियानलाई सहयोग पुग्छ’ उनले भने ।

यो कार्यक्रम २५ जिल्लामा लागु गर्नु अघि चालु आर्थिक वर्षमा नेपालका तीन वटा जिल्लाहरू दाङ, चितवन र पर्सामा नमुना कार्यक्रमको रुपमा सञ्चालन गरिएको थियो । यो सफल भएमा अर्को आर्थिक वर्षमा प्रत्येक पालिकाबाट सञ्चालन हुने गरी यो कार्यक्रम विस्तार हुने डा. यादवले बताए ।

नेपालको आयुर्वेद चिकित्सामा यो औषधी राजपरिवारमा पहिलादेखि नै अभ्यासमा रहेको यादवले जानकारी दिए । ‘हिरण्य जन्मेको बेलामा यो भष्म आयुर्वेदबाटै लगेर  खुवाइएको थियो’ उनले भने ।

सुनको भष्मबाट यो पोषक तत्त्व बन्ने भएकोले यो पोषक खानेकुराको लागि महँगो पर्ने उनले बताए । यो कार्यक्रम देशभरिमा सञ्चालन गर्न २५ करोड पर्न आउने उनले बताए ।

प्रकाशित: १२ असार २०८२ १७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App