नेकपा बहुमतका केन्द्रीय सदस्य एवं ललितपुर जिल्ला इन्चार्जसहित १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ललितपुर कांग्रेसको विशेष जिल्ला भेलामा पुगेर नेकपा बहुमतका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कुमाल सिलवालसहित १५ जना कांग्रेस प्रवेश गरेका हुन्।
समारोहमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई खादा र माला लगाएर कांग्रेस प्रवेश गराएका हुन् । सिलवालसँगै नेकपा बहुमत युवा संगठनका जिल्ला अध्यक्ष सुनिल स्याङ्जाली मगर, गोदावरी नगरपालिकाका इन्चार्ज हरी कृष्ण महत, कोन्ज्योसोम गाउँपालिकाका इन्चार्ज सतकुमार सिलवाल, ललितपुरमा तामाङ मुक्ति मोर्चाका सहसंयोजक सुरेश तामाङ, ललितपुरका जिल्ला सदस्य सुरज सिजापतिले कांग्रेसका प्रवेश गरेका छन् ।
यस्तै पार्टी प्रवेश गर्नेहरूमा अशोक रूम्बा, अमर सिगार, सुनिल विक, राजु तामाङ, दिपेश मगर, इन्द्र राना मगर, सुनिल मगर, नवीन राना मगर र प्रवीण राना मगर पनि छन् ।
प्रकाशित: २३ माघ २०८२ १७:४८ शुक्रबार





