२५ असार २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यमन्त्रीको आग्रह: उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी तथा व्यवसायीले नेपालकै सरकारी अस्पतालमा उपचार गराऔँ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालका सरकारी अस्पतालहरूलाई विश्वास गर्नुपर्ने बताएका छन्। मन्त्रालयगत छलफलका क्रममा आफ्नो मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो आग्रह गरेका हुन्।

'यदि हाम्रा अस्पतालहरूमा विश्वसनीयता बढाउन जरुरी छ भने, विश्वसनीयता बढाउने हो भने कृपया म अनुरोध गर्न चाहन्छु- नेपालका सबै उच्च पदस्थ राजनीतिज्ञहरू, उच्च पदस्थ निजामती क्षेत्रको नेतृत्व, उच्च ढङ्गबाट आर्थिक; नियममै बसेर आम्दानी गर्ने व्यवसायीहरू सबैले सरकारी अस्पतालमा उपचार गराउनु  जरुरी छ,' उनले भने।

स्वास्थ्यमन्त्री पौडेलले अहिले नेपालकै सरकारी अस्पतालहरूमा पनि सुविधासम्पन्न क्याबिनहरू बनेको बताए। 'त्यसैले सरकारी अस्पताललाई विश्वास गरेर सबैले विदेश जाने होइन, स्वदेशमै नेपाली अस्पतालहरूमा उपचारका निम्ति अनुरोध गर्न चाहन्छु,' उनले भने।

यस्तै उनले उच्च पदस्थ नेताको उपचार विदेशमा गर्ने गर्ने व्यवस्था २०७७ मा पास भएको ऐनबाटै अन्त्य भएको जानकारी पनि उनले गराए।

प्रकाशित: ९ असार २०८२ १६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App