१० माघ २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य शिक्षा दिँदै जुम्ला प्रतिष्ठानका विद्यार्थी

तस्बिर: गोल्डेन/नागरिक

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरू जुम्लाका विकट बस्तीमा पुगेका छन्। उनीहरू सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम लिएर दुर्गम गाउँबस्ती  पुगेका हुन्।

उनीहरूले जुम्लाको सिंजा गाउँपालिका अन्तर्गतका विभिन्न वडाका महिलाहरूलाई सरसफाइ, क्षयरोग, एचआइभी एड्स, झाडापखाला जस्ता सरुवा तथा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिक्षा सिकाइ रहेका छन्। उनीहरू स्वास्थ्य शिक्षा कार्यक्रम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहअन्तर्गत एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरू हुन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक पाठ्यक्रम बमोजिम अध्ययनरत विद्यार्थीलाई समुदायिक स्वास्थ्य निरुपणको लागि करिब एक महिनासम्म सिंजा गाउँपालिका भित्रको विभिन्न समुदायमा खटाएको छ। सिंजाको १ वडा जाँच, २ नम्बरको चुलेलगाउँ, ३ को नराकोट, ५ नम्बरको शनिगाँऊ र ६ नम्बरको जोडुमा विद्यार्थीहरू पुगेका थिए। विद्यार्थीहरूले समुदायको स्वास्थ्य स्थिति पहिचान गर्न, स्वास्थ्य सेवा र स्वास्थ्य समस्याहरूप्रति ज्ञान दृष्टिकोण र अभ्यासहरू मूल्याङ्कन गरिरहेका छन्।

समुदायमा स्वास्थ्य समस्याको सम्भावित निर्धारकहरू पहिचान गर्न, जोखिममा रहेका जनसङ्ख्याको पहिचान गर्न बाहिर निस्कने र सम्भावित स्रोतहरू अन्वेषण गर्न विद्यार्थीहरू निरन्तर खटिएको एमबीबीएसमा अध्ययनरत विद्यार्थी पारस धामीले बताए। 'स्वास्थ्य समस्यालाई प्राथमिकता दिने र सामुदायिक सदस्यहरूसँग मिलेर यी समस्याहरू समाधान गर्न हामीहरू करिब एक महिनासम्म समुदाय स्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम गरिरहेका छौँ,' विद्यार्थी धामीले भने।

उनीहरूले खटिएका सबै गाउँ बस्तीका महिला समूहमा भएका तथा नभएका सबै महिलाहरूलाई क्षयरोग, एचआइभी एड्स, सरसफाइ, बालबालिकालाई नियमित खोप, झाडापखाला जस्ता सरुवा र नसर्ने रोगबारे ज्ञानको अभावका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एमबीबीएस पहिलो वर्षका विद्यार्थीले यसबारे स्वास्थ्य शिक्षासम्बन्धी जानकारी दिएका छन्। विद्यार्थीले उनीहरूलाई क्षयरोग, झाडापखाला, एचआइभी एड्स जस्ता रोगको परिचय, कारण, सङ्क्रमणको मोड, सङ्केत र लक्षण, रोकथामका उपायबारे सिकाएका छन्।

यस्तै सम्बन्धित वडाध्यक्ष, विद्यार्थी, प्रहरी, शिक्षक, महिला स्वयंसेविकालगायत समुदायका नागरिकको बाक्लो उपस्थितिमा सामुदायिक स्वास्थ्य निरुपण अभिमुखीकरण कार्यक्रम गरिएको थियो। विद्यार्थीले गरेका यस अवधिभर सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमको तथ्यांक सञ्चालन गरेका थिए।

प्रकाशित: १८ जेष्ठ २०८२ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App