नेपाल सरकारले विश्व सुर्तीजन्य दिवस मनाउने तयारी गरेको छ ।
यसका लागि स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले ७७ वटै जिल्ला, सात वटै प्रदेश सरकार, सातै वटा प्रदेशका स्वास्थ्य सेवा निर्देशनालय, ७७ वटै जनस्वास्थ्य सेवा कार्यालय र ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ । यो दिवस मनाउने उद्देश्यसहित पत्रचार गरिएको केन्द्रले उल्लेख गरेको छ ।
यो वर्षको लागि ‘सुर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर, चिरौ यो मोहजाल’ नारा तय भएको छ । दिवस मनाउन आवश्यक सामाग्री तुरुन्तै पठाउने केन्द्रका बरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले बताए । आगामी जेठ १७ गते उक्त दिवस मनाउँदैछ ।
प्रकाशित: ११ जेष्ठ २०८२ १९:०९ आइतबार





