३० माघ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

नेपाल औषधि लिमिटेडलाई जिएमपी प्रमाणपत्र

नेपाल औषधि लिमिटेडले कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र लिमिटेडले स्थापना भएको पाँच दशकपछि मंगलबारमात्र पाएको हो ।

औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुका अनुसार, २०७४ सालदेखि कम्पनीले मापदण्डअनुसार औषधि उत्पादन सुरु गरेको थियो । २०२९ सालमा स्थापना भएको कम्पनीले जिएमपी प्रावधान आएपछि झण्डै दश वर्ष औषधि उत्पादन बन्द गरेको थियो ।

कम्पनीले अहिले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोडालाईसस  फ्लूइड  (पार्ट–१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ । कम्पनीले कोलेस्ट्रोल, सुगर र प्रेसरको औषधि उत्पादनको योजना बनाएको महाप्रबन्धक पनेरुले बताए । 

प्रकाशित: २२ माघ २०८१ १६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App