१ चैत्र २०८१ शुक्रबार
image/svg+xml १०:३१ पूर्वाह्न
स्वास्थ्य

ढाड दुख्यो ? आराम नगर्नूस्

यस्तो पनि !

ढाड दुखेर मर्नु भएका बेला कसैले दुई चार किलोमिटर हिँड्न सुझाव दियो भने कम्ता रिस उठ्दैन। तपाईंलाई पक्कै यस्तो रिस बेलाबेलामा उठेको हुनसक्छ। तर अध्ययन र खोजले भन्छ, ‘ढाडको समस्याका बेला ओछ्यानमा आराम गर्नुभन्दा सुस्तरी हिँड्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ।’ वैज्ञानिकहरू भन्छन्, ‘ढाडको समस्याका बेलामा  बरु दुखाइलाई ध्यानमा राख्दै अलिअलि गरेर सुस्त गतिमा हिँडिरहनुपर्छ।’

ढाडमुन्तिरको दुखाइ प्रायः दोहोरिरहने हुनाले यस्तो बेलामा नियमित हिँडडुलले यस्तो समस्या समाधान गर्न सक्ने वैज्ञानिकहरू सुझाउँछन्। कसैलाई ढाड दुख्ने समस्या हुँदा नहिँडी ओछ्यानमा पल्टेर आराम गरिरहेका छन् भने उनीहरूलाई सञ्चो हुने दर हिँडेरै ठिक पार्नेहरूको तुलनामा कम हुने गरेको छ। हिँड्नेहरूलाई निकै चाँडो ढाड दुखाइ कम हुने गरेको छ। अस्ट्रेलियाको म्याक्वायर युनिभर्सिटीमा वाकब्याक स्टडी टोलीले सात सयभन्दा बढी मानिसमाझ गरिएको सर्भेबाट यो निष्कर्ष निकालेको हो। 

सातामा पाँच दिन कम्तीमा ३० मिनेट हिँड्दा ढाडको दुखाइमा निकै सुधार भएको र पहिले कामै गर्न नसक्नेहरू पनि चाँडै नै सामान्य जीवनमा फर्किएको अध्ययन निष्कर्षमा बताइएको छ। द लान्सेन्ट जर्नलमा प्रकाशित सो अध्ययन प्रतिवेदनअनुसार ढाडले दुःख दिएकाहरूमध्ये अधिकांशलाई आराम गरेर निको बनाउनेहरूलाई एक सय १२ दिनभित्रै फेरि ढाड दुखाइले पुनः सताएर अस्पताल धाउने गरेका थिए भने हिँडेरै ठिक पारेकाहरूलाई सामान्यतः दुई सय आठ दिनपछि मात्र पुनः दुखेको महसुस गरेका थिए। यसको अर्थ, ढाड दुख्न थालेपछि हिँड्न थाल्यो भने अस्पताल गएर जाँच गर्ने अवधि लम्बिने देखिएको अध्येताहरूको दाबी छ। 
प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २२ माघ २०८१ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App