८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

डेंगी संक्रमितको संख्या २७ हजार नाघ्यो

देशभर दैनिक रुपमा डेंगी संक्रमितको संख्या बढ्दै गइरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगी संक्रमण भएको छ।

डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन्। कास्कीमा सात हजार ८० जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ।

त्यसपछि काठमाडौंमा चार हजार ६० जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

अहिलेसम्म डेंगी संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने यो वर्ष हुम्ला बाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८१ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App