३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा.रायमाझी नियुक्त

सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा.रायमाझीलाई नियुक्त गरेको छ।

बुधवार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा  परिषद्को उपाध्यक्षमा डा. रायमाझीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि कान्ति अस्पतालका दुई पटक निर्देशक रहिसकेका रायमाझी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का प्राध्यापक तथा बाल रोग विभाग संयोजक हुन्।

न्याम्सका संस्थागत समीक्षा बोर्ड (आइआरबी)का समेत अध्यक्ष रहेका रायमाझी शैक्षिक परिषदका सदस्यसमेत छन्।

एमबीबीएस अल इण्डिया इन्स्ट्च्यिुट नयाँ दिल्लीबाट गरेका रायमाझीले बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी तथा बेलायतको लिभरपुल युनिभर्सिटीबाट पिएचडी गरेका छन्।

प्रकाशित: ३ आश्विन २०८१ ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App