सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । हप्ताको कारोबारको पहिलो दिन आज नेप्से ४७.५५ अंकले बढेको हो ।
नेप्से ०.८३ प्रतिशतले बढेर २६३३.४२ विन्दुमा बन्द भएको हो।
आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार तीन अर्ब २२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर पाँच अर्ब ५३ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३२८ वटा धितोपत्रको एक करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच भएको हो।
आइतबार २३८ कम्पनीको सेयरमूल्य बढेको छ भने २१ वटाको घटेको छ।
आज मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.४९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ८७४ रूपैयाँ पुगेको छ।
यस्तै, जोशी हाइड्रोपावरको मूल्य ६.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २९० रूपैयाँ कायम भएको छ।
यसैगरी, विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ६६२ रूपैयाँमा ३० पैसामा झरेको छ।
आइतबार युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४९० रूपैयाँमा २७ करोड ६० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.७७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा मन्जुश्री फाइनान्स रहेको छ। उक्त कम्पनीको ७२९ रूपैयाँ ९० पैसामा २४ करोड ८९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
प्रकाशित: १३ पुस २०८२ १५:२९ आइतबार




