२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

काठमाडौंमा ढलको पानीमा भेटियो पोलियो भाइरस

काठमाडौको ढलको पानीमा पोलियो भाइरस भेटिएको परिवार कल्याण महाशाखाले जनाएको छ । 

गत जेठको अन्तिम साता काठमाडौको टुकुचा र बाग्मतीको दोभानबाट संकलिन गरिएको ढलको पानीको नमूना परिक्षण गर्दा पोेलियो भाइरसको म्युटेशनरुप देखिएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए । महाशाखाले शुक्रवार सञ्चारकर्मी माझ पोलियो भाइरसको भिन्न रुप रहेको औल्याएको छ ।  

खोेप शाखाका प्रमुख डा. गौतमका अनुसार गत जेठको अन्तिम साता संकलन गरी विश्व स्वास्थ्य संंठगनको बैकक स्थित रिजनल रेफरेन्स ल्यावमा परिक्षण गर्दा पोलियो भाइरस फेला परेको हो । भाइरस बालबालिकालाई दिइएको पोेलियो खोपको भाइरस भन्दा परिवर्तित रुपको भएको र वातवरणमा देखा परेकाले जोखिम पनि उच्च रहेको महाशाखाले जनाएको छ । ‘ढलको पानीमा भाइरस भेटिएका भाइरस खोपवाट दिइने भन्दा भिन्न देखिएको हुनाले यो खतरनाक हुन्छ’ उनले भने ।  

गत शनिबार परिक्षणको रिपोर्ट आइसकेपछि महाशाखाले सरोकारावाल राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायसँग छलफल गरी काठमाडौं उपत्यकामा तत्कालै पोलियो विरुद्धको खोप अभियान दिने निर्णय गरेको छ । निर्णय अनुसार उपत्यकाका तीन वटै जिल्लामा साउन ९ गतेदेखि १२ गतेसम्म खोप अभियान संचालन गर्ने भएको छ । 

प्रकाशित: ४ श्रावण २०८१ १८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App