नेपालको शिशु मृत्युदर २१ मा झरेको छ। सरकारले मङ्गलवार सार्वजनिक गरेको आथिर्क वर्ष २०८१/०८२ को बजेटको क्रममा अर्थ मन्त्री वर्षमान पुनले २०६४ मा नेपालको शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा ४८ रहेकोमा हाल २१ मा झरेको बताए।
त्यस्तै पाँच वर्ष मुनिको बाल मृत्युदर प्रतिहजार ६१ बट ३३ मा झरेको पनि उनले सुनाए।
अर्थ मन्त्री पुनले नेपालमा मातृ मृत्युदर प्रति लाख २८१ बट १५१ मा झरेको बताए।
प्रकाशित: १५ जेष्ठ २०८१ १७:४९ मंगलबार