२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

मिर्गौलामा पत्थरी किन हुन्छ?

मानिसको शरिरमा दुईवटा मिर्गौला हुन्छ। हामीले खाएको पानी फिल्टर गर्ने काम मिर्गौलाको हो। हामीले खाएको पानी मिर्गौलाले फिल्टर गरेर पिसाबको माध्यामबाट बाहिर फाल्छ। जब हामीले कम पानी खान्छौँ त्यतिनै शरिरमा पानीको मात्रा कम हुन जान्छ।

पानीको मात्रा कम हुँदा पिसाब कम हुन्छ। जब शरिरमा पानी र पिसाबको मात्रा कम हुन्छ तब मिर्गौलामा पत्थरी बन्ने सम्भावना बढ्दै जान्छ। ६/७ मिलिमिटरसम्मको पत्थरी धेरै पानी पिउँदा आँफै वगेर जाने सम्भावना हुन्छ। त्योभन्दा बढी पत्थरी भयो भने शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ।

पानी कम खाने, गर्मीमा बढी काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ। कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभएपनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिने गरेको पाईन्छ।

उपचार विधिः

पत्थरीको आकार, पत्थरीको स्थान र बिरामीको अवस्थामा पत्थरीको उपचार प्रक्रिया निर्भर रहन्छ। बिरामीमा पत्थरी कस्तो किसिमको हो भन्ने कुरामा उपचार फरक पर्छ। किनकि कुनै पत्थरी बालुवा जस्तो नरम हुने र कुनै पत्थरी ढुंगा जस्तो साह्रो हुने भएकाले कुन विधिबाट उपचार सफल हुन्छ भन्ने कुरामा विचार पु¥याउनु पर्ने हुन्छ।

मिर्गौलामा पत्थरी जम्नन दिनका लागि धेरै मात्रामा झोल कुराको सेवन गर्नुपर्ने हुन्छ। दुई सेन्टिमिटरसम्मको पत्थरीलाई हामीले घाउ नबनाईकन पिसाबको नलीबाट गएर लेजरको माध्यामबाट ढुंगालाई फुटालेर बाहिर निकालिन्छ। जसलाई आरआईआरएस विधि भनिन्छ।

दुई सेन्टिमिटरभन्दा बढी पत्थरी भएमा हामीले सानो प्वाल बनाईकन फुटालेर बाहिर निकालिन्छ। जसलाई पीसिएनएल भनिन्छ।  

तर, पछिल्लो समय शल्यक्रिया गरेर पत्थरी निकाल्ने क्रम भने हराउँदै गएको छ।

 

(डा.सुरेन्द्रविक्रम अधिकारीसँगको कुराकानीमा आधारित, डा. अधिकारी युरोलोजिष्ट हुन्)

प्रकाशित: ४ चैत्र २०८० ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App