७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो

मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघा, खोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्। केही दिनयता चलेको सुख्खा हावा र गर्मी बढ्दै गएपछि सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

कार्यालयका अनुसार वीरगन्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको छ। दूधे बालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन्। पछिल्लो केही दिनयता अस्पतालमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए।

रुघा, खोकी, ज्वरो, निमोनियालगायतका बिरामी परेर दैनिक करिब ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको डा. सिंहले बताए। अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले शय्या अभाव भएको र भ’इँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए।

लामखुट्टे नष्ट गर्न स्प्रे अभियान

गर्मीसँगै लामखुट्टेको प्रकोप बढ्न थालेपछि वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नष्ट गर्न स्प्रे अभियान सुरु गर्न लागेको छ। पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा लामखुट्टेको प्रकोप बढेर डेंगी, मलेरियालगायतका संक्रमणको जोखिम बढेको भन्दै महानगरपालिकाले लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरुवात गर्न लागेको हो।

अभियानका क्रममा महानगरपालिकाले विभिन्न स्थानमा जमेका पानी सफा तथा स्प्रे गरिने महानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाले बिहीबारदेखि महानगरका सबै वडामा स्प्रे गर्न लागेको हो। लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने रोग संक्रमण नियन्त्रणका लागि अभियान सुरु गर्न लागेको प्रमुख मियाँले बताए।

लामखुट्टेको लार्भा नष्ट गर्नका लागि बिहानको समयमा तीन चरण पम्प स्प्रे गर्ने तालिका रहेको जनाएको छ। औषधि, पानी र मट्टितेलको मिसावट गरी बनाइएको स्प्रे वीरगञ्ज महानगरकाको ३२ वटै वडामा छर्किने योजना रहेको छ। –रासस

प्रकाशित: २३ फाल्गुन २०८० १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App