२ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बिमामा झमेला

एक वर्षअघि छाती र पेटमा समस्या देखिएपछि जुम्लाको गुठिचौर गाउँपालिका ४ का प्रायागराज उपाध्याय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे। स्वास्थ्य बिमा गराएकाले सहज उपचार पाउनेमा उनी ढुक्क थिए, तर प्रतिष्ठान  पुगेपछि उनी खिन्न भए।

‘बिमा गराउँदा जति फाइदाका कुरा सुन्न पाइएको थियो, त्यसअनुसार मैले सजिलै सेवा पाउन सकिनँ । २ हजार ५ सयको बिमा गराएका उनले उपचार गराउन पाएनन्। बेलाबेला उपचार गर्न प्रतिष्ठान पुग्ने उपाध्यायलाई राम्रो ओैषधी र रोग पहिचान हुन सकेन।’

प्रायागराज तत्काल कोहोलपुरस्थित दशबिघा अस्पतालमा पुगेर उपचार गराएको बताउँछन्। अहिले उनको स्वास्थ्य अवस्था राम्रो भएको उनका ज्वाइँ बलराज आचार्यले बताए। बिमा गराए पनि उपचारमा झन्झट बेहोर्नुपरेकाले यो वर्ष नवीकरण नगरेको उनको भनाइ छ।

यस्तै सिंजा गाउँपालिका– ६ भाडागाउँकी जौककला रावतलाई पनि दुई वर्षअगाडि पत्थरी समस्या भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगिन् । उनले पनि सहजै उपचार पाउन सकिनन्। उनको पनि स्वास्थ्य बिमा थियोे।

प्रतिष्ठानमा उपचार सम्भव नभएपछि उनी कर्णाली प्रदेश अस्पताल सुर्खेत कालागाउँ गइन्। आफ्नो शल्यक्रिया भएको उनले बताइन्’, उनी भन्छिन्, ‘खै के हो’ स्वास्थ्य बिमा गराएकाहरूले झन्झट व्यहोरेको गुनासो गर्छन्। अर्का स्थानीय तुला बुढा बिमा गरेको पैसाले आफ्नो उपचार हुन नसक्ने बताउँछन् ।

‘कि काठमाडौं कि त नेपालगन्ज र सुर्खेत गएर उपचार गर्नुपर्छ’, उनले भने, ‘सानो बिराम लागे पो बिमा गर्नु, धेरै खर्च हुने बिराम लाग्छ त्यही भएर गर्दिनँ ।’ प्रतिष्ठानले बिमा गरेबापत एक लाखबराबरको मात्रै उपचार गर्छ्।

यस्तै तातोपानी गाउँपालिका– १ का जयलक्ष्मी कठायतले कार्यक्रम सुरु हुनासाथ स्वास्थ्य बिमा गराइन् । तर उनले अस्पतालमा पैसा तिरेरै औषधि लिनुप¥यो । बिमा गरे पनि सुविधा नपाएपछि उनले नवीकरण गर्न छाडिन्। यता स्वास्थ्य बिमा बोर्ड शाखा जुम्लाका प्रेम भण्डारी जुम्लामा बिमा कार्यक्रम प्रभावकारी भएको बताउँछन्।  

उनले भने, ‘जुम्लाका आठवटा स्थानीयका बिमा कार्यक्रममा ८५ प्रतिशत नागरिक सहभागी भएको दाबी गरे। २०७८ को जनगणनाअनुसार जुम्लामा २० हजार  घरधुरीसहित १ लाख २० हजार जनसंख्या छ, जसमध्ये ९० हजार ३ सय १९ जना बिमित छन्। हुँदा अझै २९ हजार ६ सय ८१ जना नागरिक बिमाको पहुँचबाट वञ्चित छन्।

अहिलेसम्म पातारासी १६ हजार ३ सय ५०, गुठिचौर ७ हजार ४ सय १०, चन्दननाथ नगरपालिका २० हजार ९ सय ४०, तातोपानी ११ हजार ९ सय ५९,  तिलाका ९ हजार २ सय ११, हिमा ११ हजार ८ सय ५०, सिंजा ५ हजार ८ सय ३६ र कनकासुन्दरी गाउँपालकामा ६ हजार ७ सय ६३ जनाले स्वास्थ्य बिमा गरेका छन्। बिमाबापतको रकम सबै प्रकारका रोगलाई दिइन्छ । ओपीडी, ल्याब, भर्ना, औषधि र परामर्शलगायत सेवामा रकम पाइने स्वास्थ्य बिमा बोर्ड शाखा जुम्लाका दर्ता अधिकारी दिपकराज कार्कीले बताए।

परिवारले वार्षिक ३ हजार ५ सयको बिमा गरेबापत वार्षिक एक लाख रुपैयाँसम्मको सेवा बिरामीले पाउँछन्, जसमध्ये जुम्लाका २० हजार घरधुरीमध्ये १६ हजार ५ सय १६ घरधुरी बिमित छन्। ज्येष्ठ नागरिक तीन हजार ३४, जना, अति गरिब तीन हजार ७३३, अति अपांग ४ सय ५२ परिवार, टिबी लागेका नौ परिवार र महिला स्वास्थ्य स्वयंसेविका १ हजार ३ सय ८७ जना स्वास्थ्यको पहुँचमा पुगेका हुन्। यस्तै ४४ हजार ६ सय ४६ जना पुरुष छन् भने ४५ हजार ६ सय ७० महिला बिमित छन्।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले करिब एक वर्षदेखिको बिमा भुक्तानी पाएको छैन। साढे ११ महिनामा करिब साढे चार करोडभन्दा बढी बराबरको बिमा रकम भुक्तानी नपाएको प्रतिष्ठानले जनाएको छ।

स्वास्थ्य बिमाअन्तर्गतका बिरामीको उपचार भइसकेको तर स्वास्थ्य बिमा वोर्डबाट पैसा नआएपछि साढे ११ महिनामा ३० हजार ६ सय ३४ बढी बिरामीलाई चार करोड बढीबराबरको उपचार भएको छ।

अस्पतालमा आउने बिमित बिरामीले आवश्यक औषधि तथा उपचार उपभोग गरी सकेका छन्। खर्च भएको रकम भुक्तानीका लागि दाबी पेस भए पनि विगत ११ महिनादेखिको चार करोड ९४ लाख ५६ हजार ७ सय ६१ रुपैयाँ स्वास्थ्य बिमा बोर्डबाट प्रतिष्ठानलाई आउन बाँकी रहेको प्रतिष्ठानका लेखा अधिकृत मकेन्द्र शाहीले बताए।

गत वैशाखदेखि साउनसम्म थोरैथोरै भुक्तानी आए पनि भदौ महिनादेखि १६ फागुनसम्मको भुक्तानी नै नआएको लेखा अधिकृत शाहीले जानकारी दिए।

प्रकाशित: २३ फाल्गुन २०८० १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App