१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरेको छ। दादुरा–रुवेला संक्रमण जोखिमलाई मध्यनजर गर्दै आजदेखि खोप अभियान सुरु भएको हो। खोप अभियान अगामी चैत ७ सम्म जारी रहने छ। खोप नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई लगाइने छ।

यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ। खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म विद्यालय तथा खोप केन्द्रमा लगाइने छ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आआफ्ना बालबालिकालाई लगाउन सुझाव दिएका छन्।

उनले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी लाग्ने समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए। यस्तै अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने छ।  

सरकारले सन् २०१८ मा दादुरा–रुवेला नियन्त्रण गरे पनि निवारण हुन सकेको छैन। सरकराले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो।

प्रकाशित: १३ फाल्गुन २०८० १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App