जिल्लाका आठवटा स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरिएको छ। पाँच स्थानीय तहका आठवटा स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। विभिन्न सूचक पूरा गरेपछि स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा गर्ने गरिएको हो।
जिल्लाको दशरथचन्द नगरपालिकाका तीनवटा स्वास्थ्य संस्थालाई गत वर्ष पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिए। वडा नं ७ स्थित सुरकाल आधारभूत स्वास्थ्य केन्द्र, दशरथचन्द स्वास्थ्यचौकी र त्रिपुरासुन्दरी स्वास्थ्यचौकीलाई पोषणमैत्री घोषणा गरिएको छ।
यस्तै शिवनाथ गाउँपालिकाको उदयदेव स्वास्थ्यचौकी र श्रीपुर सामुदायिक आधारभूत स्वास्थ्य केन्द्रलाई पोषणमैत्री घोषणा गरिएको छ। यसैगरी सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकी, पाटन नगरपालिकाको सकार स्वास्थ्यचौकी र पुर्चौडी नगरपालिकाको हाट स्वास्थ्यचौकीलाई पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रकाशित: ४ पुस २०८० ०७:२० बुधबार





