५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नेपालमा दोस्रो पटक विश्व अकुपञ्चर दिवस मनाईंदै

नेपालमा विश्व अकुपञ्चर दिवस विभिन्न कार्यक्रम साथ मनाउन थालिएको छ। ब्राजिलमा सन २०११ मा भएको फ्रेन्च कमिसन अफ वल्र्ड फेडेरेसन अफ अकुपञ्चर मोक्सिबुसन सम्बन्धी वैज्ञानिकको सम्मेलनले नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवस मनाउने निर्णय गरेपछि नेपालमा पनि यसको शुरुवात भएको हो।

गत वर्ष २०७९ मंसीर ६ गते अर्थात् सन् २०२२ नोभेम्बर २२ को दिन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले काठमाडौंमा विश्व अकुपञ्चर दिवस मनाएपछि नेपालमा विश्व अकुपञ्चर दिवस मनाउन थालिएको वरिष्ठ अकुपञ्चर चिकित्सक सुरज कर्मचार्यका बताएका छन्।  यस वर्ष पनि बिभागले “विश्व अकुपञ्चर दिवस २०८०” मनाउन लागेको उनले जानकारी दिए।

अकुपञ्चर चिकित्सा विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त चिकित्सा विधि हो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा झण्डै ४० लाख देखि ५० लाख अकुपञ्चरका दक्ष जनशक्ति रहेको, अहिले विश्वका १९० भन्दा बढी राष्ट्रहरुमा अकुपञ्चर सेवा विस्तार भएको तथा अकुपञ्चरबाट उपचार गरिने रोग तथा स्वास्थ्य समस्याहरु झण्डै ३०० भन्दा बढी पुगिसकेको छ। 

अकुपञ्चरमा विशेषज्ञता (एमडी) हासिल गर्ने नेपालको पहिलो चिकित्सक तथा ब्लु लोटस हस्पिटलका मेडिकल डाइरेक्टर समेत रहेका कर्मचार्यका अनुसार सरकारी स्तरबाट अपेक्षित प्रवर्धन हुन सकेको छैन।

‘नेपालमा जसरी सरकारी तहबाट अकुपञ्चरको प्रवर्द्धन हुनु पर्ने थियो त्यो स्तरमा हुन सकेको छैन तथापी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा अकुपञ्चर सहायक स्तरका जनशक्तिबाट अकुपञ्चरको सेवा दिन सुरु गरिएको, केही सरकारी आयुर्वेद हस्पिटलहरुमा अकुपञ्चरको सेवा सुरु गरिएको, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा प्राकृतिक तथा अकुपञ्चर चिकित्सा शाखा स्थापना गरेर केही कामको सुरुवात गरेको छ’, ब्लु लोटस हस्पिटलका मेडिकल डाइरेक्टर कर्माचार्यले बताए।

उनका अनुसार  नेपालमा केही हस्पिटल र नीजिस्तरमा पनि थुप्रै अकुपञ्चर क्लिनिकहरु सञ्चालनमा रहे पनि सबै तिर अकुपञ्चरको विशेषज्ञ सेवा पाउन नसक्नु बिडम्बना रहेको छ। ‘हामीले निजी क्षेत्रबाट झन्डै १५ वर्ष देखी अकुपञ्चरको विशेषज्ञ सेवा दिईराखेका छौँ भने सरकारले नसक्ने भन्ने हुँदैन’, उनले भने।

विशेषः गरेर नसा सँग सम्बन्धी समस्या, दुखाई सम्बन्धी समस्या, वाथ रोग, महिनावारीको दुखाई, अनिद्रा, माइग्रेन, नसाको कारण हुने पिसाबको समस्या, प्यारालाइसिस जस्ता स्वास्थ्य समस्या तथा शरीरमा रोपप्रतिरोधी क्षमता बृद्धि गर्न समेत अकुपञ्चर प्रभावकारी हुने उनको भनाइ छ।

प्रकाशित: ६ मंसिर २०८० ०५:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App