१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सरकारसँग सहमतिको २४ घन्टा नबित्दै केएमसीका डाक्टरमाथि कुटपिट

सरकारसँग सहमति भएको २४ घन्टा नबित्दै फेरि चिकित्सकमाथि कुटपिट भएको छ। सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा इन्टर्नको रुपमा कार्यरत एकजना डा.मनिष खड्कामाथि हातपात भएको हो।

मिर्गौला रोगको परीक्षणका लागि बहिरङ्ग सेवा (ओपीडी) मा आएका बिरामीले आइतवार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर खड्कामाथि हातपात गरेका थिए। विभागमा बिरामीको चाप अत्यधिक भएपछि डा.खड्काले केहीबेर बाहिरै बसिदिन आग्रह गर्दा बिरामीले रिसको जोसमा उनलाई कुटपिट गरेको अस्पताल प्रशासनले बताएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ समेत गरेको छ। पक्राउ पर्नेमा रुपक गौतम र सरोज गौतम रहेका छन्।  

डाक्टर तथा स्वास्थ्यकर्मीमाथि निरन्तर कुटपिटको घटना बढेपछि चिकित्सकहरू पछिल्लो झन्डै एक सातादेखि आन्दोलनमा थिए। शनिवार मात्रै सरकार र चिकित्सकबीच सहमति भएको थियो। सहमति भएको २४ घन्टा नबित्दै फेरि डाक्टरमाथि कुटपिटको घटना भएपछि केएमसीका चिकित्सकहरूले केहीबेर अस्पताल अगाडी सेवा बन्द गरेर धर्ना समेत दिएका छन्।

प्रकाशित: १४ आश्विन २०८० १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App