१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बीमा व्यवस्थित बनाउन भनेजस्तो मान्छे पाउन सकिनँ: मन्त्री बस्नेत

फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताएका छन ।

आज प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन।उनले स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधारको आवश्यकता देखिएको बताए। 

उनले स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने कि निजीले पनि पाउने भन्ने लडाइँ  चलिरहेको बताए।मन्त्री बस्नेतले निजी अस्पतालहरूले स्वास्थ्य बीमा आफूले नपाउने भए अस्पताल नै बन्द गर्ने चेतावनी दिएको समेत बताए।उनले निजी क्षेत्रहरूले पनि स्वास्थ्य मापदण्डहरू पूरा नगरेको भन्दै सधैँका लागि बन्द गरिदिने चेतावनी दिएपछि निजी क्षेत्र शान्त भएको बताए। 

उनले स्वास्थ्य बीमा प्रभावकारी बनाउन आफूले स्वास्थ्य र बीमा दुवै बुझेको व्यक्ति खोजे पनि पाउन नसकेको धारणा राखे ।मन्त्री बस्नेतले स्वास्थ्य बीमाका लागि कार्य योजना बनाइ अघि बढिरहेको पनि जानकारी दिए।  

प्रकाशित: २८ जेष्ठ २०८० १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App