१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

फोनिज काठमाडौंद्वारा एकदिने निःशुल्क आँखा शिविर

शिविरमा आँखा जाँच गराउँदै सर्वसाधारण। तस्बिर: अर्विन्द्रमान सिंह/नागरिक

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।

काठमाडौंको अनामनगरमा शनिबार सञ्चालित आँखा शिविरबाट करिब ८० जनाभन्दा बढी लाभान्वित भएको आयोजकले बताएको छ। अरनिको समाजको सहयोगमा भएको सो शिविरमा ३० जना लेखक तथा पत्रकार र ५० भन्दा बढी सार्वसाधारणले सेवा लिएको फोनिज काठमाडौंका अध्यक्ष शैलेश डंगोलले जानकारी दिए। आँखा परीक्षणका क्रममा चस्मा, आइड्रोप सामग्रीसमेत निःशुल्क वितरण गरिएको अध्यक्ष डंगोलले बताए।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।

पत्रकारहरू कम्प्युटर तथा अन्य प्रविधिसँग संलग्न हुने हुँदा आँखा सुरक्षामा चुनौती बढ्दै गएका बेला फोनिज काठमाडौंले आफ्नो अतिरिक्त क्रियाकलापअन्तर्गत आँखा शिविर सञ्चालन गरेको उनले बताए।

शिविर उद्घाटन सत्रमा बागमती प्रदेश सभा सदस्य एवं पूर्व संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, फोनिज केन्द्रीय कोषाध्यक्ष लाला गुरुङ, फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, अरनिको समाजका अध्यक्ष बालकृष्ण श्रेष्ठलगायतले आआफ्नो भनाइ राखेका थिए।

पत्रकारहरू कम्प्युटर तथा अन्य प्रविधिसँग संलग्न हुने हुँदा आँखा सुरक्षामा चुनौती बढ्दै गएका बेला फोनिज काठमाडौंले आफ्नो अतिरिक्त क्रियाकलापअन्तर्गत आँखा शिविर सञ्चालन गरेको उनले बताए।

प्रमुख अतिथिसमेत रहेका बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले आदिवासी जनजाति पत्रकारहरूलाई आफ्नो कला, संस्कृति, अधिकार र पहिचानका पक्षमा सधैं कलम चलाउन आग्रह गरे।

समुदायको हित र प्रवद्र्धनमा गहन रूपमा अध्ययन र अनुसन्धान गरी आर्थिक समृद्धिको पाटोमा लाग्नसमेत सुझाव दिए। काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सभा सदस्य श्रेष्ठले आदिवासी पत्रकारहरूको संस्था फोनिजको विस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले फोनिजको कार्यालय भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनका लागि वडा कार्यालयसँग समन्वय गर्न फोनिजलाई आग्रह गरे।

प्रकाशित: १४ जेष्ठ २०८० ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App