३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जुम्लामा आँखाका बिरामी बढे

जुम्लामा आँखाका बिरामी बढेका छन्। आँखाका बिरामी बढेसँगै आँखा उपचार  केन्द्रमा उपचारका लागि जानेको चाप बढेको छ।

अहिलेसम्म १७ हजार ९ सय ८८ जनाले आँखाका बिरामी उपचार गरेको केन्द्रका प्रमुख कालीबहादुर रावतले बताए। आर्थिक वर्ष २०६७/०७७ मा ४ हजार ७ सय ५५,२०७७/०७८ मा ५ हजार २ सय ७६, २०७८/०७९ मा ५ हजार ७ सय ९३ र चालु आर्थिक वर्षको हाल सम्म २ हजार १ सय ६४ जना आँखाका बिरामीको उपचार गरिएको उनले बताए।

उनका अनुसार आँखाका बिरामी हरेक वर्षमा बढेको पाइन्छ। भदौ महिनादेखि कार्तिकसम्म आँखाका बिरामी बढी आएको उनले बताए। मोवाइल तथा कम्युटरको बढी मात्रामा प्रयोग गर्दा पटकपटक आँखामा समस्या देखिने गरेको उनको भनाइ छ।

केन्द्रमा आँखा उपचारका लागि जुम्लाका सबै स्थानीय तह बाट आउने गर्दछन्। त्यसमध्ये अधिकांश महिला छन्। केन्द्रले आँखाका बिरामीको उपचारका लागि समय समयमा केन्दमै तथा जिल्लाका विभिन्न ठाउँमा निः शुल्क आँखा शिविर समेत सञ्चालन गर्दै आएको छ। वातावरण प्रदूषण, घरभित्रको धुलो धुँवा र समयमै आँखा परीक्षण तथा उपचार र सुरक्षा नगर्दा धेरैमा कुनै न कुनै प्रकारका रोगले आँखामा संक्रमण गर्ने गरेको पाइएको छ।

मौसम परिवर्तनसँगै आँखा पाक्ने, आँखा रातो हुने, चिलाउने र बिझाउने लगायतका समस्या लिएर आँखाका बिरामी अस्पतालमा आउने गरेका छन्। केन्द्रका आइ वर्कर दलबहादुर महताराका अनुसार केही दिनयता आँखा पाक्ने बिरामीको संख्या बढेको छ,जसमा दुई प्रकारको संक्रमण देखिएको छ।  

उनका अनुसार ब्याक्ट्रेरियल संक्रमणमा आँखा रातो हुने, चिप्रा लाग्ने र चिलाउने लक्षण देखिन्छ। यो छिटो निको हुन्छ। आँखाको समस्या देखिनासाथ केन्द्रमा आउन उनले सबैलाई आग्रह गरे।  

आँखा पाक्ने रोगबाट बच्न रोगीले प्रयोग गरेको औषधि, रुमाल, टेबल प्रयोग नगर्ने, दैनिक चार÷पाँच पटक चिसोपानीले आँखा सफा गर्ने, फोहर पानीले आँखा तथा मुख नधुन उनको सुझाव छ। केही बिरामीले आफूखुशी औषधि प्रयोग गर्ने र देवी देउता लागेको भन्दै घरमा झारफुक गर्ने चलन भएकोले त्यस्तो विधि नअपनाउन उनले आग्रह गरे। बिरामीलाई समस्या देखिने बित्तिकै अस्पताल तथा उपचार केन्द्र जान उनको सुझाव छ। 

प्रकाशित: २७ मंसिर २०७९ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App