विद्यालयमा पहुँच बढाउन र अध्ययनमा सहजताका लागि लुम्बिनी एकीकृत बिकास संस्था लिडोले अनाथ र आपांग गरी ४ सय ८० छात्रछात्रालाई ८० लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ ।
गरिब र जहेन्दार अनाथ र अपांग विद्यार्थीलाई कतार च्यारेटीको सहयोगमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो छात्रवृत्ति उपलब्ध गराइएको हो । संस्थाकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले अहिलेसम्म ३ सय ५ अनाथ र अपांग छात्रछात्रालाई उपलब्ध गराई सकिएको बताए ।
३ देखि १८ वर्षसम्मका छात्रछात्रालाई न्युनतम ५ हजार ६६१ देखि १६ हजार ९ सय ८४ रुपैयाँका दरले रकम उपलब्ध गराइएको हो । त्रैमासिक दरले छात्रवृत्ति रकम उपलब्ध गारईने गरिएको उनले बताईन । कुल ८० लाख १० हजार ४४२ रुपैयाँ छात्रवृत्ति बाँडिने छ ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य र शिक्षा तथा समन्वय ईकाई कपिलवस्तुका अधिकृत अर्जुन कुँवरको समेत सहभागिता थियो । सो अवसरमा समन्वय प्रमुख आचार्यले विद्यालयमा पहुँच बढाउन र शैक्षिक उपलब्धीका लागि यो छात्रवृत्ति कार्यक्रम फलदायी हुने बताए । उनले बिभिन्न कारणमध्ये गरिबीले समेत धेरै विद्यार्थीहरुले बिच मै पढाई छाडने गरिएकोले यो छात्रवृत्तिले समेत त्यसलाई रोक्न मद्दत गर्ने उनले बताए ।
‘गरिब, बिपन्न अनाथ विद्यार्थीहरुलाई पालिकाले समेत सहयोग गर्न पर्छ’ उनले भने । लिडोले लामो समयदेखि अनाथ र अपांग विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको कार्यक्रम संयोजक रामनरेश चौधरीले बताए । छात्रवृत्ति पाएका छात्रछात्राले प्राप्त रकमले आफुहरुलाई अध्ययनमा निकै सहजता थपेको बताए ।
प्रकाशित: १९ कार्तिक २०८२ १६:३० बुधबार





