१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

मधेस प्रदेश सभाकी सांसद कञ्चन विच्छाको पद खारेज

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेस प्रदेश सभाकी सांसद कञ्चन विच्छाको पद खारेज गरिएको छ। मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको हो।

उनी राप्रपाबाट मधेस प्रदेशका महिला तर्फको समानुपातिक प्रदेशसभा सदस्य थिइन्। उनी पार्टीको नीति विपरीत सरोज यादव नेतृत्वको सरकारमा मन्त्री बनेकी थिइन्।  

अनुशासन उल्लंघन गरेकाले पार्टीको विधान २०४८ (संशोधनसहित) अनुसार ६ महिना साधारण सदस्यबाट निष्कासन गरी विच्छालाई प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने राप्रपा केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरेको थियो।  

उनलाई राप्रपाको सिफारिसमा पदबाट हटाइएको हो।

प्रकाशित: १९ मंसिर २०८२ १६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App